Section 45
अनिवार्य अवकाश
(१) साठी वर्ष उमेर पूरा भएको वा दफा १९ बमोजिमको पदावधि पूरा भएको कर्मचारीले सेवाबाट स्वतः अवकाश पाउनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा साठी वर्ष पूरा भई अवकाश हुने कर्मचारीलाई बढीमा तीन वर्षको अवधि थप्न सक्नेछ ।
(३) यो ऐन लागू हुनु अघि निजामती सेवा ऐन, २०४९ बमोजिम तीस वर्ष सेवा अवधि पुगी म्याद थप भई हाल यो ऐन बमोजिम बहाल रहेका कर्मचारीहरू पनि साठी वर्ष उमेर पूरा नहुन्जेलसम्म स्वास्थ्य सेवामा बहाल रहन सक्नेछन् ।
(४) यस दफाको प्रयोजनकोलागि कर्मचारीको उमेर देहाय बमोजिम गणना गरिनेछः–
(क) सेवामा प्रवेश गर्दा निजले पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर,
(ख) खण्ड (क) बमोजिमको अभिलेख नभएमा निजले सेवामा प्रवेश गर्दा वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिदिएको जन्म मिति वा वर्षबाट हुन आएको उमेर ।